कोरोनाभाइरसका कारण तीन महिनाअघि स्थगित भएको स्पेनिस ला लिगा तीन बिहीबार सुचारू भएको छ । कोरोनाभाइरसपछि भएको पहिलो खेलमा तेस्रो स्थानको सेभियाले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा सेभियाले रियल बेटिसलाई २–० गोलले पराजित ग¥यो । दुवै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सेभियाका लागि लुकास ओकाम्पसले ५६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने ६२ औं मिनेटमा फर्नान्डोले दोस्रो गोल गरे ।
खाली रंगशालामा भएको खेलअघि कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । यद्यपि, केही दर्शक रंगशालाबाहिर उपस्थितसमेत भएका थिए ।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले पहिलो खेल शनिबार मालोर्कासँग खेल्नेछ भने दोस्रो स्थानको रियल म्याड्रिडले एइबारसँग आइतबार खेल्नेछ ।
शीर्ष स्थानको बार्सिलोनाको २७ खेलबाट ५८ अंक र दोस्रो स्थानको रियलको ५६ अंक छ । त्यस्तै, एक खेल बढी खेलेको तेस्रो स्थानको सेभियाको ५० अंक रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।