ला लिगामा आज दुई खेल हुँदै

विश्वभर महामारीको रुपामा फैलिएको कारोना भाइरसका कारण रोकिएर करिब ३ महिनापछि पुनस् सञ्चालनमा आएको ला लिगामा आज दुई खेल हुँदैछन् ।


नेपाली समयअनुसार राती सबा ११ मा हुने आजको पहिलो खेलमा ग्रानाडाले गेटाफेको सामना गर्ने छ ।


ग्रानाडाको घरेलु मैदान न्युभो स्टाडुयो डि लस चारमेन्समा हुने खेलमा जित हासिल गर्दै दुबै टोलीलाई अंक तालिकामा सुधार गर्ने मौका हुनेछ ।

 
आजको खेलमा जित हासिल गरेको खण्डमा ग्रानाडा लिगको ९ औं स्थानबाट ८ औं स्थानमा उक्लिने छ ।


गेटाफेले पनि आज जितेको खण्डमा पाँचौ स्थानबाट चौँथो स्थानमा उक्लिने छ ।

 
लिगमा समान २७ खेल खेलेका ग्रानाडाले ३८ तथा गेटाफेले ४६ अंक जोडेका छन ।




 त्यस्तै राती पौने दुई बजे भ्यालेन्सियाले लेभान्तेको सामना गर्ने छ ।


 खेल भ्यालेन्सियाको घरेलु मैदान मेस्टाला स्टुडियममा हुनेछ ।




लिगमा समान २७ खेल खेलेका भ्यालेन्सियाले ४२ अंक तथा लेभान्तले ३३ अंक जोडेका छन् ।

 
आजको खेलमा जित हासिल गरेता पनि भ्यालेन्सिया सातौं स्थानमा यथावत रहन्छ भने लेभान्ते १३ औं बाट ११ औं स्थानमा उक्लिने छ ।

 
लिग गएरातिबाट नै सुचारु भइसकेको छ । गएरातिकाे खेलमा सेभियाले रियल बेटिसलाई २–० पराजित गरेको थियो ।

  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १५:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया