संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सो पार्टीले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

शुक्रबार पदाधिकारी बैठक बसेर जसपाले संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जपसा पदाधिकारी बैठक बालकुमारीस्थित पार्टी कार्याललयमा बसेको थियो । 

सुरुदेखि नै संविधान संशोधनको माग राख्दै आएका पार्टीहरु मिलेर बनेको जनता समाजवादी पार्टी संविधान संशोधनको वकालत गर्दै आएको पार्टी हो । यद्यपि, अहिले उनीहरुको मागअनुसार संशोधन गर्न लागिएको भने होइन । 

जसपाकी नेतृ एवं सांसद सरिता गिरीले सरकारले दर्ता गराएको विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । जसपाले भने उनलाई प्रस्ताव फिर्ता लिन निर्देशन गर्दै प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

यता जेठ १९ मा राजपा र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए । 





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १६:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया