काठमाडौं– नेपालमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या ८ सय ७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
गौतमका अनुसार शुक्रबार मात्रै १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाडौका विभिन्न अस्पतालबाट ८ जना र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएका हुन् ।
नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ भने कुल संक्रमित पाँच हजार ६२ पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।