कालिकोट– कालिकोटमा कोरोना नेगेटिभ देखिएपछि क्वारेन्टाइन्बाट घर पठाइएका व्यक्तिको बाटैमा मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ निवासी ६० वर्षीय कालिबहादुर विष्टको मृत्यु भएको हो ।
भारतबाट आएक उनलाई सदरमुकाम मान्मामा रहेको होटल चन्द्रसूर्यको क्वारेन्टाइनमा १५ दिन राखिएको थियो । कोरोना परीक्षणमा उनको नतिजा नेगटिभ आएपछि उनलाई बिहीबार घर पठाइएको थियो ।
उनको शुक्रबार जिल्लाको लालिघाटमा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । मृतक विष्टको उनको स्वाव पुनः परीक्षण गरिने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।