कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर : साझा पार्टी

काठमाडौं– साझा पार्टीले कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको छ । 

सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्कटले विविध क्षेत्रमा पारेको तत्कालीन र दीर्घकालीन असरसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको हो ।

साझा पार्टीले मुलुकमा झण्डै तीन महिना भएको बन्दाबन्दीका कारण दैनिक ज्याला, मजदूरी गर्ने लाखौँ नागरिकको जीवन अत्यन्त कष्टकर बन्दै गएको, उद्योग व्यवसाय, कृषि पर्यटन, शिक्षालगायतका क्षेत्र धराशायी हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । 

विदेशमा अलपत्र परेका नेपालीलाई चाँडो स्वदेश ल्याउन साझाले सरकारसँग माग गरेको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १९:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया