एक घर एक पिसिआर परीक्षण गराउने हो भने ५० देखि ६० अर्बसम्म खर्च हुन्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं– सरकारले कोरोना महामारी नियन्त्रणका लागि खर्च गरेको १० अर्ब निकै कम भएको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । 
शुक्रबार मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । 

केही दिनयता देशभरका मुख्य सहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारले गरेको खर्चको पारदर्शी विवरण माग गरिरहेको सन्दर्भमा उनले सो प्रतिक्रिया दिएका हुन् । 

उनले फेसबुकमा लेखेका छन्  ‘अहिले जति खर्च भएको छ, त्यो संकटको सापेक्षतामा निकै कम हो । सार्वजनिक भएको हिसाब पनि मोटामोटी अनुमान हो, ‘कोरोना परीक्षण र उपचारमा खर्च हुने समय बल्ल सुरु हुँदै छ ।’

उनले एक घर एक पिसिआर परीक्षण गराउने हो भने ५० देखि ६० अर्बसम्म खर्च हुने बताएका छन् । खर्चको पारदर्शिताका नाममा हाल उठाइएका मागले जनसमुदायलाई भ्रमित बनाइरहेको उनको आरोप छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १९:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया