युक्रेनका राष्ट्रपतिकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्कामा कोरोना देखिएको हो ।

राष्ट्रपति भोलोदमिर जेलेन्स्की र छोराछोरीको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रथम महिला ओलेनाले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको शुक्रबार फेसबुकमार्फत जानकारी दिएकी छन् । 

आफू र परिवारले मास्क, ग्लोभ्स र कमभन्दा कम मानिससँग सम्पर्कका नियम निरन्तर पालना गरे पनि कोरोना संक्रमण देखिएकोमा आफू अचम्मित भएको उनले फेसबुक स्टाटसमा लेखेकी छिन् । 

शुक्रबारसम्ममा युक्रेनमा २९ हजार ७ सय ५३ मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण ८७० जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७७ शुक्रबार १९:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया