इटालियन सिरी ए च्याम्पियन युभेन्टस् कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार शुक्रबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि अवे गोलका आधारमा युभेन्टस् फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । दर्शकबिना खेलाइएको खेलको १५ औं मिनेटमा पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले खेर फालेपछि युभेन्टस्ले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो ।
खेल अवधिभर दुवै टोली धेरै सुन्दर मौकाहरु पाएका थिए । तर, त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
युभेन्टस्ले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा नेपोलीले इन्टरमाथि १–० को गोल अन्तरले जित दर्ता गरेको थियो । दोस्रो लेग नेपोलीको मैदानमा शनिबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।