भारतमा बेलायतभन्दा धेरै कोरोनाभाइरस संक्रमित

भारतमा यसअघि लगाइएको लकडाउन खुकुलो बनाइएसँगै कोरोनाभाइरस संक्रमितको संख्या पनि बढ्दो छ । त्यहाँ ८ जुनबाट बजार तथा धार्मिक स्थल खोल्न दिइएको थियो । त्यसपछि भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको हो । अहिलेसम्म भारतमा कोरोनाभाइरसको पिक नआएको पनि त्यहाँ विज्ञहरुले बताउन थालेका छन् ।

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार ८ जुनमा भारतमा २ लाख ५७ हजार ४ सय ८६ जना कोरोनाभाइरस संक्रमित थिए । विश्वमा सबैभन्दा प्रभावित देशको सूचीमा भारत त्यति बेला पाँचौ नम्बरमा थियो । अब ४ दिनपछि चाहिँ भारतले बेलायतलाई पछाडि पारेर कोरोना संक्रमितको संख्याको आधारमा चौथौं नम्बरमा पुगेको छ ।

विश्वभर अहिले कोरोनाभाइरस संक्रमितको संख्या बढेर ७५ लाख ७० हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म ४ लाख २२ हजार जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । कोरोनाभाइरस संक्रमितमा सबैभन्दा धेरै अहिले अमेरिकाका छन् । अमेरिकामा मात्रै २० लाख ३१ हजारभन्दा धेरै मानिसमा यो भाइरस संक्रमण भएको छ । अमेरिकामा कम्तिमा पनि १ लाख १४ हजारभन्दा धेरैको कोरोनाका कारण ज्यान गएको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश बनेको छ, ब्राजिल । ब्राजिलमा कम्तिमा पनि ८ लाख जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार ७:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया