भ्यालेन्सिया र लेभान्टेको बराबरी, ग्रानाडाको जित

स्पेनिस ला लिगामा भ्यालेन्सिया र लेभान्टेले बराबरी खेल्दा ग्रानडाले गेटाफेमाथि जित निकालेको छ । गएराति भएका खेलमा भ्यालेन्सिया र लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेका थिए भने ग्रानाडाले गेटाफेमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेल बराबरीतर्फ धेलिरहँदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ अघि बढाएका थिए । यसैबीच, खेलको ७४ औं मिनेटमा रोजर मर्तीले दोहोरो पहेँलो  कार्ड पाएपछि लेभान्टे १० खेलाडीमा समेटियो । यसका बीच पनि लेभान्टेले इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा गोल गर्दै भ्यालेन्सियाबाट १ अंक खोस्न सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भ्यालेन्सियाका रुवेन भेजोले मोउक्टर डियावीलाई पेनाल्टी बक्समा फउल गरेपछि लेभान्टेलाई पेनाल्टी दिएको थियो । गोन्जलो मेलेरोले जसको सदुपयोग गरे ।  बराबरीसँगै भ्यालेन्सिया सातौ स्थानमा यथावत छ भने लेभान्टे ३४ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।

त्यस्तै, ग्रानाडामा भएको प्रतिस्पर्धात्मक खेलमा डेभिड टिमोर कोपोभीको गोलबाट घरेलु टोली पहिलो हाफमा १–० ले पछि परेको थियो । ७०औं मिनेटमा आत्मघाती गोलबाट घरेलु टोली खेलमा फर्किएको थियो ।

कार्लाेस फर्नान्डेजको प्रहारलाई डिजेनले जोगाउन खोज्दा उनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८०औं मिनेटमा कार्लाेस फर्नान्डेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए भने थप गोल हुन नसक्दा ग्रानाडा २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै ग्रानडा २८ खेलबाट ४१ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजयपछि शीर्ष चारमा पुग्ने मौका गुमाएको गेटाफे ४६ अंकसहित पाँचौं स्थानमा यथावत छ ।
 





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार ९:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया