पाँच वर्षीय बालकमा मृत्युपछि कोरोना पुष्टि

बाराको निजगढका ५ वर्षीय बालकमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । उनको वीरगन्जमा रहेको सिटिजन हेल्थ केयरमा उपचारका क्रममा निधन भएको हो ।

मृत्युपछि कोरोनाभाइरस संक्रमण परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले दिएको जानकारीअनुसार उनलाई हिजो राति भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यसपछि उनलाई कोरोना संक्रमण भएको आशंका गरेर स्वाब परीक्षण गरिएको थियो ।

हिजो मात्र अस्पतालमा भर्ना गरिएका उनको स्वाब हिजो नै लिइएको थियो । डा. सिंहका अनुसार उनको स्वासप्रश्वासमा समस्या देखिएको थियो ।

अब उनको अन्तिम संस्कार प्रहरीले गर्ने तयारी गरेको छ । 

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिजोमात्र वीरगन्जमा मृत भेटिएका एक युवामा पनि कोरोना संक्रमण देखिएको थियो । 





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १२:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया