१२ सांसद जो संविधान संशोधन हुँदा संसदमा थिएनन्

शनिबार नेपालको प्रतिनिधिसभामा ऐतिहासिक निर्णय भएको छ । वर्षौदेखि भारतले मिचेको भूमि नेपाली नक्सामा अब अटाएको छ । योसँगै अब नेपालको निशान छापमा पनि नयाँ नक्सा सार्वजनिक भएको छ । 

तर, यही ऐतिहासिक दिनमा पनि संसदमा १२ जना सांसद अनुपस्थित रहेका थिए । 

संसद सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकमा अमृता देवी अग्रहरी, गोपालबहादुर बम, दुलारी देवी खत्वेनी, नागेन्द्रकुमार चौधरी, धनबहादुर बुढा, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, ज्ञानकुमारी छन्त्याल र हरिबोल गजुरेल संसदमा उपस्थित थिएनन् ।

यी १२ जना अनुपस्थित भएसँगै प्रतिनिधि सभामा संशोधनको पक्षमा मतदान हुँदा २ सय ५८ सांसदले मतादन गरेका छन् । उनीहरु सबैले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् । 

नेपालमा प्रतिनिधि सभामा २ सय ७५ सांसद रहेका छन् । 

उनीहरुमध्ये एक सभामुखले निर्णायक मत आवश्यक पर्दा मात्र मतदान गर्ने संवैधानिक व्यवस्था छ । अन्य चार सांसद विजय गच्छदार, अफताब आलम, रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १९:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया