नेपालमा संविधान संशोधन भएर निशान छाप फेरिँदा भारत रुष्ट

प्रतिनिधिसभामा शनिबार ऐतिहासिक निर्णय भएको छ । नेपालको नयाँ नक्सा निशान छापमा राख्नका लागि नेपालको संविधान सर्वसम्मतिले संशोधन भएको छ । 

तर, यही कारणले भारत रुष्ट भएको छ । 

यसअघि भारतले हडपेको भूमि नेपालको नक्सामा समावेश भइसकेको थियो । भारतले नेपालले नयाँ नक्सा जारी गरेसँगै यसको विरोध गर्दै आएको छ ।

आज संविधान संशोधन भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक वक्तव्य जारी गरेका छन् । उनले वक्तव्य जारी गर्दै भारतको भूमि नेपाली नक्सामा समेटिएको र संविधान संशोधन भएको आफूहरुले थाहा पाएको र यसलाई नोटमा लिएको उल्लेख गरेका छन् ।

यसअघि देखि नै भारतले लिम्पियाधुरा, महाकाली र लिपुलेक आफ्नो भएको दाबी गर्दै आएको छ । केहीअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले त नेपालको भूमिमा बनाइएको भारतको सडक उद्घाटन पनि गरेका थिए । यो सडकबाट मानसरोवर जान सहज हुने भनिएको थियो । 

आज नेपालको संविधान नै संशोधन भएपछि भारतले वार्तामार्फत् समस्याको समाधान खोज्ने समझदारी पनि उल्लंघन भएको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार २०:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया