अब भारतसँग वार्ता हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतसँग वार्ता गरेर नेपालको भूमि फिर्ता गर्ने बताएका छन् । शनिबार संसदमा निशान छापमा नयाँ नेपालको नक्सा समावेश गर्न भएको संविधान संशोधन भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री ओलीले छिटै भारतसँग वार्ता हुने बताएका छन् ।

‘अब वार्ता हुन्छ, अगाडि बढ्छ,’ उनले भनेका छन् । 

उनले संसदमा राष्ट्रिय अखण्डताको पक्षमा देखिएको एकताको प्रशंसा पनि गरेका छन् । 

उता, शनिबार नेपालको संविधान संशोधन भएर नयाँ नक्सा निशान छापमा समावेश भएपछि भारतले निकै आलोचना गर्दै प्रतिक्रिया दिएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार २२:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया