दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेखमा कोरोनाभाइरस संक्रमित र प्रहरीबीच झडप भएको छ । नारायण नगरपालिकाको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका संक्रमित र प्रहरीबीच झडप भएको हो । 

शनिबार भएको झडपमा प्रहरीको कुटाइबाट ४ जना घाइते भएका छन् । उनीहरुलाई दैलेखकै अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ ।

क्वारेन्टिनका संक्रमितले आफ्नो दोस्रो पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै घर जान खोज्दा यो झडप भएको थियो ।

त्यहाँ पछिल्ला केही दिन आइसोलेसनमा रहेकाहरुले आन्दोलन गर्दै आएका छन् ।





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार २२:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया