आजको संसद बैठकमा किन बोलेनन् गगन थापा ?

शनिबार दिउँसोको प्रतिनिधिसभाको बैठक नेपालको इतिहासका लागि ऐतिहासिक बैठक रह्यो । बैठकले आज नेपालको संविधानलाई संशोधन गर्दै वर्षौदेखि प्रयोग हुँदै आएको नेपालको नक्सा औपचारिक रुपमा बदलेको छ, निशान छापमा ।

पछिल्ला केही दिन यता संसद बैठकमा सरकारको चर्को आलोचना गरेर चर्चा कमाएका गगन थापा आजको बैठकमा चाहिँ बोलेनन् । 

आखिर किन ? 

यसबारे गगन स्वयंले आफ्नो ट्विटरमा खुलाएका छन् । उनले लेखेका छन्– 

आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ।

संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने!! चलन यस्तै हो रे !



यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।'



  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार २२:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया