इरानमा कोरोना संक्रमित बढेसँगै फेरि लकडाउन लगाइने

कुनै समय कोरोनाभाइरसको हटस्पट बनेको इरानमा फेरि संक्रमित बढ्न थालेका छन् । अब इरानले कोरोनाभाइरस संक्रमित बढ्न थालेपछि लकडाउन लगाउन सकिने बताएको छ । इरानी राष्ट्रपति हसन रुहानीले इरानीहरुसँग स्वास्थ्य नियम पालना नगरे आफूहरु लकडाउनमा जान बाध्य हुने बताएका छन् ।

कोरोना संक्रमण केही नियन्त्रणमा आएपछि अप्रिलको तेस्रो साताबाट इरानमा लकडाउन खुकुलो बनाइएको थियो । तर, लकडाउन खोलेसँगै इरानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । 

शनिबार मात्र इरानमा २ हजार ४ सयभन्दा धेरै संक्रमित भेटिएका छन् । योसँगै इरानमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय भन्दा धेरै भएको छ । इरानमा कोभिड १९ का कारण ८ हजार ७ सय ३० जनाको निधन भएको छ ।

पछिल्लो समय संक्रमितहरु बढ्न थालेपछि इरानका अधिकारीहरुले इरानमा दोस्रो लहरको सुरुवात भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मध्यपूर्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश नै इरान हो ।

रुहानीका अनुसार पहिले इरानमा लकडाउनको नियम ८० प्रतिशत पालना भएको थियो । तर, अब त्यहाँ लकडाउन २० प्रतिशत मात्र पालना भएको छ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ६:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया