विप्लव समूहका नेताको कोठाबाट विष्फोटक पदार्थ बरामद

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का एक जना नेताको कोठामा छापा हानेर प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ ।


ललितपुर प्रहरीले पक्राउ गरेको विप्लव समूहका जिल्ला समिति सदस्य सानुराज बज्राचार्यको कोठामा छापा हानेर २६० वटा विष्फोटक पदार्थ बरामद गरिएको हो ।


प्रहरीका अनुसार बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टिल बल ९, स्टिल बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुईवटा रिमोट सेट बरामद भएका छन् ।


ललितपुरबाट उनलाई पक्राउ गरेपछि प्रहरीले नेपालटारस्थित घरमा पनि छापा हानेको हो । त्यसक्रममा विप्लव समूहका केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको प्रहरीको भनाइ छ ।


उनीविरुद्ध हात हतियार सम्बन्धी कसूर, राज्यविरुद्धको अपराध लगायतका अभियोग लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ७:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया