एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले एमसिसी परियोजनाबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसिसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बैठकमा बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको छ ।

आजको बैठकबाट एमसिसीबारे पार्टीमा देखिएको मतभेद अन्त्य हुने एक सचिवालय सदस्यले फरकधारसँग बताएका छन् । ‘सम्भवतः आज यसबारे सबै टुङ्गो लाग्नेछ,’ आइतबार विहान टेलिफोन सम्पर्कमा उनले भने । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ८:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया