इनरुवा बजारको हनुमान बस्त्रालय बिहानै ५ बजेदेखि भीषण आगलागी सुरु भएको छ । इनरुवा–१ मुख्य बजारको हनुमान अटलले सञ्चालनमा ल्याएको हनुमान बस्त्रालयबाट आगलागी शुरु भएको हो ।
आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ । बस्त्रालयसँगै रहेका रंगको पसल र सिर्जना फाइनान्समा पनि क्षति पुगेको छ । आगो नियन्त्रणका लागि वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी जुटिरहेका छन् ।
हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रण लिने प्रयास जारी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।