प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले पनि सरकारको प्रशंसा गरेको छ । यही सरकारले प्रतिबन्ध लगाएको यो समूहले यसअघि सरकारको व्यापक आलोचना गर्ने गथ्र्यो ।
संसदबाट कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा संसदबाट पारित भएर निशान छापमा पनि राखेपछि विप्लव समूहले एक विज्ञप्ति निकाल्दै सरकारको प्रशंसा गरेको हो ।
विप्लव समूहले सरकार नक्सा पास गर्न बाध्य भएको जनाएको छ । जनताको दबाबमा परेर ओली सरकारले यो कदम लिन बाध्य भएको तर अब ती भूमिबाट भारतीयलाई हटाउनु पर्ने काम बाँकी नै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।