११ दिनमा थपिए ३ हजार काेराेना संक्रमित, १० जनाकाे मृत्यु

नेपालमा काेराेना संक्रमितको संख्या ५ हजार ३ सय ३५  पुगेको छ । तीमध्ये ९ सय १३ जना निको भइसकेका छन् भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार ३६ जना निको भएर घर फर्केका छन् भने दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म संक्रमण ७२ जिल्लामा पुगेको छ ।

जेठ २० गतेसम्म नेपालमा दुई हजार ९९ बिरामी भेटिएका थिए भने पछिल्लो ११ दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । ११ दिनमा तीन हजार दुई सय ३६ जना संक्रमित थपिएका छन् । पछिल्लो समयमा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ ।

जेठ ५ गतेसम्म नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । जेठ ६ गतेदेखि जेठ २० गतेसम्म १ हजार ७ सय २४ जना थपिएका थिए ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ११:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया