कम्बोडिया र सिंगापुरमा रहेका नेपालीलाई असार ३ गते ल्याइँदै

कोरोनाभाइरसका कारण कम्बोडिया र सिंगापुरमा समस्यामा परेका नेपालीलाई असार ३ गते ल्याइने भएको छ ।

 
थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार हिमालयन एयरलाइन्स चार्टरमार्फत उनीहरुलाई स्वदेश फर्काइने भएको हो ।


उक्त उडानबाट कम्बोडियाबाट ४६ जना र बाँकी सिंगापुरबाट गरी जहाजको सिट क्षमताअनुसार नेपालीलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ ।


स्वदेश फर्किनेहरुलाई एक साताभित्रको पिसिआर वा आरडिटी परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १४:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया