एजेन्सी– बलिउडका अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । अहिलेसम्म उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । आवश्यक अनुसन्धानका लागि मुम्बई पुलिस उनको घर पुगेको छ । सुशान्तका सहयोगीले फोन गरेर पुलिसलाई यसबारे जानकारी गराएका थिए ।
केही दिनपहिले पूर्व म्यानेजर दिशा सालियानले आत्महत्या गरेकी थिइन् । सो घटनपछि सुशान्त विक्षिप्त बनेका थिए । उनले आफ्नो इन्स्टाग्राममा लेखेका थिए–येो अत्यन्त दुःखद खबर हो । दिशाको परिवार र साथीभाइलाई मेरो समवेदना ! ईश्वरले तिम्रो आत्मालाई शान्ति दिऊन् ।
सुशांतले ‘किस देश में है मेरा दिलु’ सोबाट आफ्नो व्यवसायिक करिअर सुरु गरेका थिए । उनी एकता कपुरको ‘पवित्र रिश्ता’ सेोबाट चर्चामा आएका थिए ।
त्यसपछि बलिउड प्रवेश गरेका उनले ‘काय पो छे’ फिल्मबाट फिल्मी करिअर सुरु गरेका थिए । पछिल्लोपटक उनी फिल्म ‘छिछोरे’मा देखिएक थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।