दाङमा एउटै वडामा ४४ जना कारोना संक्रमित भेटिए

तुलसीपुर– दाङमा एउटै वडामा ४४ जना कारोना संक्रमित भेटिएका छन् । दाङको बंगालीचुली गाउँपालिकाको वडा नम्बर ६ मा एकैदिन २ वर्षीया बालिकासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा अन्य ४ जना बालिकामा पनि कारेना देखिएको छ । कोरोना देखिएका अन्य बालिकामा दुईजना ४ वर्षका अन्य दुईजना ७ र ११ वर्षका छन् । 

त्यसैगरी, सोही वडाका २०, २०, २६, २८, ३२, ३५ र ४२ वर्षीया महिला तथा ३, १५, १७, १७, १८, १८, १८, १९,१९, १९, १९, १९, २०, २०, २२, २३, २३, २३, २३, २४, २५, २५, २६, २७, २७, २९, ३०, ३०, ३०, ३३, ४०, ४२, ४५ र ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजकले जानकारी दिएका छन् । 

उनीहरु बंगलाचुली गाउँपालिका–६ को भुटनेटा, हिमालय बालविकास टाड्के लेक र सरस्वती बालविकास विद्यालयका क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । 

शनिबार यही वडाको भुटनेटा क्वारेन्टाइनमा बस्दै आएका प्युठानका १७ वर्षका युवकको मृत्यु भएको थियो  । उनमा बान्ता हुने र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १६:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया