स्तनपानबाट कोरोना सर्दैनः विश्व स्वास्थ्य संगठन

एजेन्सी– विश्व स्वास्थ्य संगठनले स्तनपानबाट कोरोना नसर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयसुसले कोरोना भाइरस संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेका छन् । 

अध्ययनअनुसार बच्चालाई आमाको दूध कोरोना भाइरसको संक्रमणको जोखिमको तुलनामा धेरै लाभदायक पाइएको जेनेभामा आयोजित प्रेस सम्मेलनमा बताएका हुन् । उनले भने, ‘अहिलेको प्रमाणअनुसार डब्ल्यूएचओ यो सल्लाह दिन्छ कि कोरोना भाइरसको संक्रमणको जोखिमभन्दा स्तनपानको फाइदा बढी हुन्छ ।’

संक्रमित आमाको अवस्था गम्भीर नभएसम्म नवजात शिशुलाई उनीहरुभन्दा टाढा राख्न नहुने उनले बताए । यद्यपि, आमाबाट बच्चामा अन्य माध्यमले कोरोना संक्रमण नसरोस् भन्नका लागि आमाले बारम्बार हात धुने र आफ्नो मुख ढाक्नुपर्ने सुझाब दिइएको छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १७:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया