सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा सञ्चालन हुने जनाएको छ । 

आइतबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले सरकारको निर्णयअनुसार राष्ट्र बैंकबाट इजाजतपत्र बैंक तथा वित्तीय संस्था असार १ गतेदेखि साबिकै समयमा सञ्चालनमा आउने जनाएको हो । 

राष्ट्र बैंकले आवश्यकताअनुसार ‘सिफ्ट’अनुसार कामको व्यवस्था गरी बिहान ८ देखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।

बैंकका कर्मचारी तथा सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १९:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया