काठमाडौं– ला–लिगाअन्तर्गत आइतबार भएको खेलमा एथ्लेटिको मड्रिड तथा एथ्लेटिक क्लब बिल्बाओले १–१ को बराबरी खेलेका छन् ।
खेल एथ्लेटिक क्लबको घरेलु मैदान स्टुडियो सान मामिन्समा भएको थियो । खेलको ३७औँ मिनेटमा लकर मुनियानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
एथ्लेटिकको यो अग्रता लामो समय भने टिक्न सकेन । खेलको ३९औँ मिनेटमा कोकेको पासलाई सदुपयोग गर्दै डिएगो कोस्टाले एथ्लेटिको मड्रिडलाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवैै टोलीले गोल गर्न नसक्दा खेल १–१को बराबरीमा सकिएको हो ।
यो नतिजासँगै एथ्लेटिको मड्रिड २८ खेलबाट ४६ अंकका साथ लिगको छैटौँ स्थानमा तथा एथ्लेटिक क्लब समान खेलबाट ३८ अंकका साथ १०औँ स्थानमा यथावत् छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।