सुशान्तले काम गर्नेलाई अन्तिममा के भनेका थिए ?

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनले अहिले बलिउड पूरै सुनसान भएको छ । सबैले उनले गरेको आत्महत्यालाई ठूलो झट्का मानेका छन् । 

उनले मुम्बईमा रहेको आफ्नै घरमा सुसाइड गरेका थिए । 

तर, उनका बाबु चाहिँ पटनामा रहेको घरमा बस्ने गरेका थिए । सुशान्तका साथ उनलाई सहयोग गर्ने लक्ष्मी देवी बस्ने गरेकी थिइन् । अब लक्ष्मीले सुशान्तले आफूलाई अन्तिममा फोन गरेर भनेको कुरा खुलासा गरेकी छिन् । 

लक्ष्मीका अनुसार सुशान्तले आइतबार उनलाई फोन गरेका थिए । अहिले लक्ष्मी उनको बाबुको सहयोगका लागि पटना गएकी थिइन् । लक्ष्मीका अनुसार सुशान्तले उनलाई अन्तिममा भनेका थिए– मेरो बुबालाई कोरोनाभाइरसबाट बचाउनू ।

आइतबार नै मुम्बई प्रहरीले लक्ष्मीलाई फोन गरेर सुशान्तले आत्महत्या गरेको जानकारी दिएको थियो ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार २१:३६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया