रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण निकै ठूलो संकट आएको बताएका छन् । यसका साथसाथै उनले रुसले अमेरिकाभन्दा निकै धेरै राम्रोसँग कोरोनाभाइरस नियन्त्रणमा काम गरिरहेको पनि बताएका छन् ।
रुसी सरकारी टिभीसँग कुराकानी गर्दै पुटिनले भनेका छन्, ‘म अहिले यो कल्पना गर्न सक्दिनँ कि कुनै पनि रुसी नागरिकले अहिले सरकार वा राष्ट्रपतिले जे गरिरहेका छन्, त्यसलाई नगर भन्न सक्ला ।’ उनले अहिले रुसमा गरिरहेको काम त्यहाँ पार्टी तथा देशका लागि भन्दा पनि जनताका लागि गरिएको छ ।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका कारण १ लाख १५ हजारभन्दा बढीको निधन भइसकेको छ । रुसमा चाहिँ यो संख्या निकै कम छ । रुसमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या ५ लाख २८ हजार छन् ।
रुसमा अहिलेसम्म कोरोनाका कारण ६ हजार ९ सय ४८ जनाको निधन भएको सरकारी तथ्यांक छ । तर, यो संख्यामा विवाद कायमै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।