बाहिरबाट उपत्यका आउन चाहनेलाई थप कडाइ गर्ने सरकारकाे निर्णय

सरकारले काठमाडौं उपत्यका भित्रनेको हकमा थप कडाइको नीति लिएको छ । अब काठमाडौं उपत्यका भित्रनेका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य गरिएको हो ।

गत २८ जेठको मन्त्रिपरिषद् निर्णय र गृह मन्त्रालयको ३० जेठको निर्देशनअनुसार उपत्यकाबाहिर रहेकाहरू फर्किन काठमाडौं उपत्यकास्थित आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गर्ने निर्णय भएको हो ।

काठमाडौं उपत्यकास्थित सम्बन्धित नगरपालिकाले आउन अनुमति दिएपछि यात्रा गर्ने जिल्लाको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्नेछ । त्यसपछि मात्र काठमाडौं उपत्यका भित्रन सकिने भएको छ ।

काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेका लागि भने कम खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस गरेमा सवारी पास दिने निर्णय गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार काठमाडौं उपत्यका भित्रने र बाहिरिनेका लागि सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू भइसकेकाले सवारी पास बन्द गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार २१:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया