सुशान्तलाई कसरी भेटिएको थियो मृत अवस्थामा ?

बलिउडलाई निकै ठूलो झट्का दिएको समाचार हो, सुशान्त सिंह राजपूतको आत्महत्या । आइतबार यी अभिनेताले आत्महत्या गरेपछि बलिउडमा मात्र होइन, भारतमा निकै ठूलो निराशा छाएको छ । 

मुम्बई प्रहरीका अनुसार अहिलेसम्म उनको आत्महत्याको कारण बाहिर आएको छैन । मुम्बई प्रहरीले उनको फ्ल्याटमा केही औषधी भेटेको बताएको छ । यसबाट उनले केही महिनायता डिप्रेसनको औषधी खाइरहेको प्रमाणित भएको छ । 

तर, उनले कुनै सुसाइट नोट छोडेका छैनन् । उनको पोस्टमार्टम रिपोर्ट आएको छैन र प्रहरीले उनको घरबाट केही सामानहरु बरामद गरेको छ ।

रिपोर्टहरुका अनुसार सुशान्तको कोठा खोल्दा उनी त्यहाँ झुन्डिएको अवस्थामा भेटिएको थियो । आइतबार उनको कोठा फोडेका उनका कामदारले प्रहरीलाई फोन गरेर सूचना दिएका थिए । प्रहरीका अनुसार सुशान्तले हरियो कपडामा आफूलाई झुन्ड्याएका थिए । उनको शव कूपर अस्पतालमा लगिएको थियो ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार २३:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया