स्पेनिस ला–लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ । उसले एइबारमाथि ३ –१ को जित निकालेको हो ।
रियलको घरेलु मैदान इस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलले तीनै गोल पहिलो हाफमा गरेको थियो ।
रियलले आप्mनो घरेलु मैदान स्यान्टियागो बर्नाबेउको मर्मत कार्य चलिरहेकाले बैकल्पिक मैदानको रुपमा अल्फ्रेडो डि स्टेफानोलाई प्रयोग गरिरहेको छ ।
खेलको चौथो मिनेटमा नै टोनी क्रुसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै ३० औं मिनेटमा कप्तान सर्जियो रामोस तथा ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई ३– ० को स्थितिमा पु¥याएका थिए ।
पहिलो हाफमा ३– ० ले पछि परेको एइबारका लागि ६० औं मिनेटमा पेड्रो बिगासले सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै आफूलाई उपाधि होडमा कायमै राखेको रियल पहिलो स्थानको बार्सिलोनाभन्दा २ अंकले पछाडि छ ।
रियल २८ खेलबाट ५९ अंकको साथमा लिगको दोस्रो स्थानमा यथावत रहँदा एइबार समान खेलबाट २७ अंकको साथमा १६ औं स्थानमा छ ।
त्यसैगरी गएराति नै भएको अर्को खेलमा रियल सोसिडाड तथा ओसासुनाले १–१ को बराबरी खेलेका छन् ।
रियल सोसिडाडको घरेलु मैदान एस्टाडियो डि इनोइटामा भएको खेलको २९ औं मिनेट एड्रियन लोपेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा मिकेल ओयार्जाबालले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
यो नतिजासँगै सोसिडाड २८ खेलबाट ४७ अंकको साथमा लिगको चौथो स्थानमा यतावत रहँदा समान खेलबाट ३५ अंकको साथमा ओसासुना ११ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।