पर्वतको कुश्मामा गएको पहिरोेमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ भने एकजना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, बिबिशा थापा, ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।
थप एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । १३ वर्षीय जेनिश विक अझै भेटिएका छन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।
अविरल वर्षाका कारण कुश्मा नगरपालिका–३, दुर्लुङमामा शनिबार शनिबार राति पहिरो गएको थियो । वनबाट पहिरो खसेर १० जना पुरिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।