जोर–विजोर प्रणाली मोटरसाइकल र स्कुटरमासमेत लागू हुने

मोटरसाइकल र स्कुटरमा समेत अब जोर–विजोर प्रणाली लागू हुने भएको छ । ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै सरकारले परिपत्र गरेको छ ।

यसअघि सरकारले साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भन्ने निर्णय गरेको थियो । यसले गर्दा, यी सवारीसाधनमा जोरबिजोर लागू नहुने भन्ने धेरैको बुझाइ थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार परिपत्रमार्फत आफूहरुलाई स्पष्ट निर्देशन आइसकेको बताए । उनका अनुसार अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम यथावत रहेको उनले प्रष्ट पारे ।

सरकारले ३० जेठबाट लकडाउन खुकुलो बनाउँदै जोर–विजोर प्रणाली लागू गरेको थियो ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ८:५३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया