बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आतमहत्या गरेपछि बलिउडमा ठूलो सन्नाटा छाएको छ । ३४ वर्षका सुशान्तले आफ्नो मुम्बईस्थित घरमा फाँसीमा झुन्डिएर आत्महत्या गरेका थिए ।
सुशान्तको मृत्युको समाचार आएपछि बलिउडका सबै कलाकारले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
उनको कामको चर्चा भइरहेको छ ।
सुशान्तको मृत्युको खबरमा अहिलेसम्म अक्षय कुमार, अजय देवगन तथा साहरुख खानले दुःख व्यक्त गरेका छन् । अब सलमान खानले पनि एक ट्विट गर्दै सुशान्तको मृत्युबारे लेखेका छन् । उनले ट्विटरमा लेखेका छन्– तिमी मिस हुनेछौ....
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।