कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट, विभिन्न शीर्षकका सुविधा कटौती

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षकोभन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएका हुन् ।


सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ ।


योजनामन्त्री ज्वालाले कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको बताए ।

 
उनले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेको जानकारी दिए ।
 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १४:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया