क्वारेन्टिनमा बलात्कार जघन्य अपराध, दोषीलाई कारबाही गर : नेपाली कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीमा एक क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि केही दिनअघि सामूहिक बलात्कार भएको थियो । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर ।’ 

सो घटनाले देशभरका क्वारेन्टिन सुरक्षाका लागि हुन् कि सजायका लागि हुन् भन्ने प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ । बलात्कारको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको विज्ञप्तिमा जनाइएको छ । 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १७:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया