प्रदेश ५को बजेट ३६ अर्ब ३५ करोड २५ लाख

काठमाडौं– प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । उक्त प्रदेशले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको हो । 

मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १२ अर्ब, पुँजीगततर्फ १८ अर्ब र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब रुपैयाँ छुट्याइएको छ । 

उक्त खर्चका लागि २ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने संघीय राजस्व बाँडफाँटतर्फ ११ अर्ब, रोयल्टी बाँडफाँटतर्फ ८ करोड, वित्तीय समानीकरण अनुदान ७ अर्ब तोकिएको छ । 

प्रदेशले सशर्त अनुदान ५ अर्ब, समपूरक अनुदान ४ करोड, विशेष अनुदान २१ करोड प्राप्त हुने प्रक्षेपण गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १८:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया