काठमाडौं– वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि साढे ५१ अर्बको बजेट ल्याएको छ । बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन बजेटमध्ये चालुतर्फको बजेट ५१।१२ प्रतिशत र पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत छ । जसअनुसार चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजन गरिएको छ ।
प्रदेश सरकारले राजस्बाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख अन्य राजस्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचतबाट अनुमानित ७ अर्ब ५० करोड जम्मा हुने प्रक्षेपण गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।