सुदूरपश्चिम प्रदेश बजेटः ३३ अर्ब ३८ करोड

काठमाडौं– सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट सार्वजनिक गरेको छ । सो प्रदेशले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँ बराबर छुट्याएको छ । 

उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका हुन् । 

सुदूरपश्चिम प्रदेशले चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ । जुन कुल बजेटको ४२ दशमलव ५ प्रतिशत हो । 

पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रुपैयाँ अर्थात् कुल विनियोजन प्रस्तावको ५० दशमलव २ प्रतिशत छुट्याइएको छ । 

प्रदेश सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १३ करोड ५० लाख रुपैयाँ अर्थात् ६ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ अर्थात् शून्य दशमलव ९ प्रतिशत बजेट विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १९:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया