प्रदेश दुई सरकारको बजेट : ३३ अर्ब ५६ करोड

काठमाडौं– प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट ल्याएको छ ।

सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७–०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।



आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट मध्ये चालूतर्फ ४५.९५ प्रतिशत अर्थात् १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगततर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्थातर्फ ०.४८ प्रतिशत अर्थात् १६ करोडको बजेट छुट्याइएको छ ।



  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १९:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया