‘बाटो भुलेर’ सार्वजनिक

संसारभर रहेका नेपालीलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत बाटो भुलेर हालै सार्वजनिक गरिएको छ ।


अर्बाजो आर्टसको प्रस्तुति रहेको गीतमा शब्द र संगीत पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगीत निर्माण र नियन्त्रण किरण भुसालले गरेका छन् ।


परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र निर्देशक स्वयम्को समेत अभिनय रहेको छ ।


राज सिग्देलसँगै पुरुषोत्तम (ढुंगेल) र किरण (भुसाल)को समेत स्वर रहेको यो गीतले सीमाना मिचिरहेको छिमेकीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिएको छ ।
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १०:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया