१६ जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पूरा भएको १६ वटा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

प्रहरी मुख्यालयले आज निकालेको सूचीअनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छन् । उनको स्थानमा एसपी तारादेवी थापालाई पठाइएको छ ।

त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।

त्यसैगरी, धनकुटामा गोविन्द अधिकारी, तनहुँमा अरुण पौडेल, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, र पाल्पामा दीपकराज खरेल पठाइएका छन् ।

साथै, इलाममा नवीनराज राई, कविलवस्तुमा नवराज अधिकारी, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का, उदयपुरमा भीमबहादुर दाहाल र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् ।





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १२:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया