विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव

काठमाडौं– संसदीय समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो प्रस्ताव पेस भएको हो ।

बिहे गरेर आएको सात वर्षसम्मका लागि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिन प्रस्ताव गरिएको छ । यस विषयमा सहमति जुट्न नसक्दा राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन छ । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा समितिकी सभापति शशी श्रेष्ठले नागरिकता विधेयक अगाडि बढाउन तयारी गरेको बुझिएको छ । केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी छ ।

त्यसका लागि मंगलबार डाकिएको बैठकमा सभापति श्रेष्ठ स्वयंले बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस गरेकी हुन् । ७ वर्ष स्थायी रुपमा नेपालमा बसेपछि वडाको सिफारिसमा अन्य मुलुकको राष्ट्रियता खुलेको कुनै प्रमाणपत्र त्यागको प्रमाण पेस गरेपछि वैवाहिक अंगीकृत नागरिकता लिने बाटो खुल्नेछ ।

हहिले नेपाल नागरिकसँग विवाह गरेपछि विदेशी महिलाले अंगीकृत नागरिकताका लागि आवेदन दिन पाउने व्यवस्था छ । नयाँ प्रस्तावबारे समितिमा छलफलपछि यो विषयले कुन मोड लिने टुंगो लाग्नेछ । 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १५:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया