संविधान संशोधनमा भाग नलिने सांसदलाई नेकपाले लियो स्पष्टीकरण

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलले संविधान संशोधनमा भाग नलिएका सांसदहरुसँग स्पष्टीकरण मागेको छ । 

जेठ ३२ गतेको संधिवान संशोधन विधेयक पारित गर्ने समयमा नेकपाका सांसदहरु हरिबोल गजुरेल, गोपाल बम, धनबहादुर बुढा र शिवकुमार मण्डल संसदमा अनुपस्थित थिए । राष्ट्रिय महत्वको उक्त विधेयक पारित गर्ने समयमा अनुपस्थित हुनुको कारण माग गर्दै संसदीय दलले स्पष्टीकरण सोधिएको हो ।

उनीहरुमध्ये केहीले स्वास्थ्यका कारण अनुपस्थित भएको बताएका छन् । दललाई जानकारी दिएरै स्वास्थ्य समस्याका कारण अनुपस्थित भएको भए पनि सो विषयमा स्पष्टीकरण सोधिएको भन्दै नेकपाका केही सांसदले आपत्ति जनाएका छन् ।

संविधान संशोधन विधेयक पारित गर्ने वेलामा नेकपामा चारसहित कांग्रेस र जसपाका पनि केही सांसद अनुपस्थित थिए । कांग्रेसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थित थिए भने जसपाका अमृता अग्रहरि, दुलारी देवी खत्वे र प्रमोद साह अनुपस्थित थिए । 

जसपाकी सरिता गिरीले भने संसदमा उपस्थित भएर मतदानका वेला बहिस्कार गरेर हिँडेकी थिइन् । जसपाले सो विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । ह्विप नमानी गिरीले बहिस्कार गरेपछि जसपाले उनलाई कारबाही गर्ने तयारी गरेको छ । 
 





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार १५:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया