सिराहा– नेपालले जारी गरेको नयाँ नक्साबारे असहमति राख्दै आएकी जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी माइती देश भारत प्रवेश गर्न लाग्दा उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका छन् ।
उनले भारत प्रवेश गर्न निकै प्रयास गरे पनि सफल नभएपछि लाहानतर्फ फर्किएको सुरक्षा स्रोतको भनाइ छ । गिरी मंगलबार दिउँसो तीन बजे चालक र गाडीसहित सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् ।
सुरक्षागार्ड समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रवेश गर्न लागेकी थिइन् । प्रहरीले लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै फर्काएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।