बुधबार नेपालमा थपिए ५८६ कोरोना संक्रमित


नेपालमा बुधबार हालसम्मकै उच्च  कोरोना संक्रमित भेटिएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकारसम्मेलमा दिइएको जानकारीअनुसार बुधबार ५ सय ८६ जना  संक्रमित थपिएका हुन् । 
यीसहित नेपालम  कुल संक्रमित ७ हजार १७७ पुगेका छन् । पछिल्लो २४ घन्टामा ९ जना कोरोनामुक्त भएका छन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये १ सय १२ महिला र १ हजार ५५ पुरुष छन् ।
नेपालमा कोरोनबाट हालसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ ।





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १६:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया