मेलम्चीको पानी आगामी आवको सुरुमा वितरण गरिने मन्त्री मगरको दाबी

काठमाडौं– खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने दाबी गरेकी छिन् । बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले परीक्षणलगत्तै पानी काठमाडौं झारिने दाबी गरेकी छिन् । 

उनले आयोजना कार्यान्वयन निर्देशनालयले व्यवस्थापनको काम गरिरहेको जानकारी दिँदै पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै गर्ने बताइन् ।  

विगतमा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदुरको आन्दोलनलगायतका समस्याका कारण अन्योल र निराशा देखिएको उल्लेख गर्दै उनले सबै चुनौतीका बाबजुद पनि आगामी आवको सुरुमा पानी वितरण गरिने बताइन् । 





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १७:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया